News in Nepali

शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन पनि घट्यो

Lumbinikhabar Online

शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन पनि घटेको छ । आइतबार २९२०.५१ बिन्दुबाट कारोबार शुरु भएको बजार बुधबार आइपुग्दा २७७६.६१ विन्दुमा झरिसकेको छ ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । जीवन बीमा समूहकाे शेयर दुई सय ९८, निर्जीवन बीमा समूहकाे शेयर एक सय ४६, विकास बैंक समूहकाे शेयर ८४ र माइक्राेफाइनान्स समूहकाे शेयर ६३ अङ्कले घटेकाे छ ।

आज ९३ लाख ५८ हजार कित्ता शेयर चार अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरी अपी पावर कम्पनीको १६ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज पोखरा फाइनान्सको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

Tags

छुटाउनु भयो कि ?