News in Nepali

भरतमा अहिलेसम्म चार लाख ९१ हजार १२७ जनाको कोरोनाका कारण मृत्यु

Lumbinikhabar Online

छिमेकी मुलुक भरतमा बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार थप दुई लाख ८५ हजार ९१४ जना नयाँ संक्रमित थपिएका छन् । सोहि अवधिमा कोरोना सङक्रमणबाट ६६५ जनाको मृत्यु भएको जनाइएको छ ।

अहिले सम्म भारतमा कूल संक्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको छ भने चार लाख ९१ हाजार १२७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा अहिले सक्रिय संक्रमितहरूको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको स्रोतले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?