News in Nepali

पछिल्लो २४ घण्टामा १२ हजार आठ जनामा काेराेना सङ्क्रमण पुष्टि आठ जनाको मृत्युु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार आठ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी २५ हजार आठ सय नाै जनाको नमुना परीक्षण गर्दा । उनीहरु संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण थप आठ जनाको ज्यान गएको छ । आज ज्यान गुमाएकासहित नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार ६ सय ६७ पुगेको छ ।

२४ घण्टामा तीन हजार ४० जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ८८ हजार नाै सय ३४ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

 

Tags

छुटाउनु भयो कि ?