News in Nepali

महोत्तरीमा ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू

Lumbinikhabar Online

कोरोनाको जोखिम बढ्दै गएका बेला जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ ।

सामान्य नागरिकहरुमा खोभिड-१९ विरुद्धको खोप प्रती नकारात्मक धारणा पैदा भइरहेका बेला प्रशासनले खोप नलिएकालाई सेवा नदिने र सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै तत्काल खोप लगाउने व्यवस्था मिलाएको जनाइएको छ ।

अहिले जिल्ला प्रशासन कार्यालयमा आउने प्रत्येक सेवाग्राहीलाई मुख्यद्वारमै खटिएका स्वास्थ्यकर्मीले खोप कार्ड रहे/नरहेको सोधीखोजी गर्ने गरेको र भने भएकालाई सेवा दिने र नभएकालाई त्यही प्राङ्गणमा रहेका स्वास्थ्यकर्मीद्वारा तत्काल खोप लगाएर मात्रै सेवा दिने गरिएको जनाइएको छ ।

यसअघि मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गरी सेवा प्रदान गर्दै आएको प्रशासनले कार्यालयमै खोपको व्यवस्था गरी सेवा प्रदान गर्न थालेको हो ।

 

Tags

छुटाउनु भयो कि ?