News in Nepali

शेयर बजार परिसूचक नेप्से आज पनि घट्यो

Lumbinikhabar Online

शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि घटेको छ । अस्ति आइतवार ११ र हिजो साेमवार झन्डै एक सय अङ्कले घटेको नेप्से आज पाँच दशमलव ९२ अङ्कले घटेर दुई हजार आठ सय १४ दशमलव ७४ विन्दुमा झरेको छ ।

आज जीवन बीमा समूहबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । ९७ लाख ८४ हजार कित्ता शेयर पाँच अर्ब ३९ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एसियन लाइफ इन्सोरेन्सको २६ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 

Tags

छुटाउनु भयो कि ?