News in Nepali

बारामा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु

Lumbinikhabar Online

बारामा कोरोना संक्रमणका कारण ६० वर्षीय पुरुषको मृत्यु भएको छ । जिल्लाको कोल्हवी नगरपालिका-३ बस्ने उक्त पुरुषको मंगलबार बिहान पौने ५ बजे नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

माघ १० गते एन्टीजेन परीक्षणको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो सोही दिन उनलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । तर उनले कोभिड–१९ विरुद्धको कुनै पनि भ्याक्सिन नलगाएको पाइएको छ ।

अस्पताल स्रोतका अनुसार उनमा कोभिड निमोनिया भइसकेको थियो । उपचारपछि पनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

Tags

छुटाउनु भयो कि ?