News in Nepali

ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा दुई नेपाली चलचित्रले जिते अवार्ड

Lumbinikhabar Online

बंगलादेशको ढाकामा आयोजित ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा दुई नेपाली चलचित्रलेअवार्ड जितेका छन्

आइतबार सम्पन्न अवार्डको २० औं संस्करणमा चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड र किरण पोखरेल निर्देशित ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको हो ।

आफूले ‘एसियन सिनेमा’ विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड जितेको ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले जानकारी दिए । यस विधाको उत्कृष्ट चलचित्रको अवार्ड भने भारतको तमिल चलचित्र ‘पेब्बल्स’ले हात पारेको छ । ‘पुतलीको सपना’ले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ ।

 

Tags

छुटाउनु भयो कि ?