News in Nepali

अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्र ‘गहराइयाँ’ गीत रिलिज

Lumbinikhabar Online

शकुन बत्राको निर्देशनमा रहेको चलचित्र ‘गहराइयाँ’को पहिलो गीत रिलिज गरिएको छ । जुन चलचित्रमा बलिउड अभिनेत्री दीपिका पादुकोण र सिद्धान्त चतुर्वेदी प्रमुख भूमिका रहेको छ ।

‘गहराइयाँ’मा दीपिका र सिद्धान्तसँगै अनन्या पाण्डे, धैर्य करवा, नसिरुद्दिन शाह र रजत कपुरले पनि अभिनय गरेका छन् । डुबे’ गीतका संगीतकार कबिर कथपालियले ‘गहराइयाँ’मा काम गर्नु एक अविश्वसनीय अनुभव रहेको बताएका छन् । यसअघि टिजर रिलिज हुँदा पनि स्रोता–दर्शकबाट धेरै माया पाएको र अब गीतबाट पनि यस्तै अपेक्षा गरेको उनले उल्लेख गरेका छन् ।

केही समय पहिले नै टिजर सार्वजनिक भइसकेको यो गीतमा दीपिका र अभिनेता सिद्धान्त रोमान्टिक मुद्रामा देखिएका छन् । गीतमा उनीहरु प्रेममा डुबेको भाव देखाइएको छ ।

Tags

छुटाउनु भयो कि ?