News in Nepali

हाँस्य कलाकार मनोज गजुरेल कोरोना भाइस संक्रमणको चपेटामा

Lumbinikhabar Online

नेपाली हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी कोरोनाको ओमिक्रोन भेरियण्टबाट संक्रमित भएको बताइएको छ ।

गजुरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै लेखेका छन्, ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिं होइन, तर थला चाहिं राम्रै पार्दो रहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुञ्जेल केही पनि हुँदैन ।’

यस अघी उनी दोस्रो लहरमा कोरोना संक्रमण भएपछि गजुरेल ११ दिनसम्म अस्पतालको आईसीयूमा बसेर डिस्चार्ज भएका थिए ।

Tags

छुटाउनु भयो कि ?