News in Nepali

काभ्रेको मालपोत कार्यालयबाट संचालित सेवा पाँच दिन सम्म का लागि स्थगित

Lumbinikhabar Online

काभ्रेको मालपोत कार्यालयबाट संचालित सम्पुर्ण सेवाहरु पाँच दिन सम्मका लागि स्थगित गरिएको छ । उक्त कार्यलयमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयका बाह्य सेवा बन्द गरिएको हो तर कार्यालयका आन्तरिक प्रशासनिक कार्य भने सञ्चालन हुने जनाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि हुँदै गएपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले सार्वजनिकस्थलमा भीडभाड नगर्न, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन र काम परेर बाहिर निस्कँदा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्रै हिँडडुल गर्न आग्रह गर्दै यसको परिपालना गर्नसमेत कडाइ गर्न थालेको छ ।

 

Tags

छुटाउनु भयो कि ?