News in Nepali

फरक क्षमता भएका व्यक्तिहरूका लागि सवारी साधनहरूमा चढ्ने र ओराल्ने ठाउँ तोकियो

Lumbinikhabar Online

महानगरीय ट्राफिक प्रहरी महाशाखाको आयोजनामा उक्त कार्यको थालनी भएको हो । महाशाखाले पहिलो चरणमा पुरानो बसपार्कमा यस्तो ठाउँ तोकेको छ ।

महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखिदिएको छ । फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जाने महानगरीय ट्राफिक प्रहरी महाशाखाका जनाएको छ ।

ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुहरुलाई तोकिएको स्थानबाट मात्रै चढाउन र ओराल्न अनुरोध समेत गरेको छ ।

Tags

छुटाउनु भयो कि ?