News in Nepali

नेपालमा भइरहेको पछिल्लो सङ्क्रमणमा ८८ प्रतिशतमा ओमिक्रोन

Lumbinikhabar Online

नेपालमा भइरहेको पछिल्लो सङ्क्रमणमा ८८ प्रतिशतमा ओमिक्रोन पाइएको छ । यसले डेल्टा भेरिएन्टलाई प्रतिस्थापन गर्दै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले
राष्ट्रिय जनसङ्ख्या प्रयोगशालामा ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटामा ओमिक्रोन र चार वटामा डेल्टा भेरिएन्ट देखिएको बताउनुभयो ।

नेपालमा डेल्टालाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको पाइएको छ ।ओमिक्रोन भेरिएन्टकाे सङ्क्रमण गति तीव्र हुने भएकाले स्वास्थ्यका पूर्ण मापदण्ड पालना गर्न स्वास्थ्य विज्ञहरुले आग्रह गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?