News in Nepali

नेपालमा क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ गैरकानुनी रहेको भन्दै कारोबार गर्नेलाई कार्वाही गर्ने राष्ट्र बैंकको चेतावनी

Lumbinikhabar Online

आइतवार नेपाल राष्ट्र बैंकले सूचना निकाल्दै क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार गर्नेलाई कार्वाही गर्ने चेतावनी दिएको छ

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ तथा व्यवसाय नेपालमा गैरकानुनी रहेको स्मरण गराउदै छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाएर यस्ता कारोबार भइरहेको भन्दै राष्ट्र बैंकले कारोबार गर्ने, कारोबारमा आबद्ध हुन प्रोत्साहन गर्ने र यससँग जोडिएका व्यक्तिलाई कारबाही हुने चेतावनी दिएको हो ।

नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा क्रिप्टोकरेन्सीले मान्यता नपाएको र यसरी लगानी गर्दा सर्वसाधारण ठगिने र देशको रकम अवैधानिक तरिकाले बाहिरिने भएकाले यस्ता कारोबार नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

Tags

छुटाउनु भयो कि ?