News in Nepali

२४ लाखभन्दा बढी खोप हराएको एमाले अध्यक्ष ओलिको दाबी

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले २४ लाखभन्दा बढी खोप हराएको बताएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै नयाँ लहरले जनजीवन आक्रान्त बन्दा पनि सरकार गैरजिम्मेवार बनेको बताएका हुन् ।

२४ लाखभन्दा बढी खोप हराएको सरकारी अधिकारीहरुले नै स्वीकार गरेको भन्दै एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ? ´ भन्दै कोरोना महामारीको तेस्रो लहरमा सरकार गैरजिम्मेवार र निष्प्रभावी देखिएको ओलिको भनाइ छ ।

सरकारले पुस मसान्तभित्र दुई तिहाई र चैतभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेपछि हालसम्म ४० प्रतिशतले मात्र लगाएको एमालेको दाबी छ

Tags

छुटाउनु भयो कि ?