News in Nepali

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पतीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पतीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

उहाँकी श्रीमती राधिका शाक्यलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

एन्टीजेन र पीसीआर दुवै विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि उहाँहरु अहिले आफ्नै निवासमा आइसोलेशनमा बस्नुभएको ओलीको निजी सचिवालयले जनाएको छ।

स्रोतका अनुसार सङ्क्रमण पुष्टि भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।

वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे एमालेको धारणा सार्वजनिक गर्न आज ओलीद्वारा गर्ने भनिएको पत्रकार सम्मेलन पनि रोकिएको छ । अब प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने तयारी भएको एमालेले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?