News in Nepali

मन्त्री रेणु यादवको अभिव्यक्ति प्रती राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण

Lumbinikhabar Online

 

राष्ट्रिय जनमोर्चाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सीके राउतको हत्या गर्ने सम्बन्धी दिएको अभिव्यक्तिले पार्टीको ध्यानाकर्षण भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरेका छन् ।

शनिबार अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी व्यक्ति मन्त्री यादवको अभिव्यक्तिको विरोध गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन।’ सरकारको जिम्मेवार मन्त्रीले त्यस्तो अभिव्यक्ति दिनु गलत रहेको भन्दै विज्ञप्ती मार्फत भर्त्सना गरिएको छ।

Tags

छुटाउनु भयो कि ?