News in Nepali

जिल्ला प्रशासन कार्यलय बैतडी द्वारा सेवाग्राहीलाई खोप कार्ड अनिवार्य र आलोपालो सेवा लागू

Lumbinikhabar Online

जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई खोप कार्ड अनिवार्य र आलोपालो सेवा लागू गरेको छ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरणका लागि प्रशासनसहित सबै सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको पूर्ण खोप लगाएको कार्ड अनिवार्य गरिएको हो।

शुक्रबारदेखि त्यहाँका पालिकाका नागरिकलाई बारअनुसार सेवा र खोप कार्ड अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले संचार माध्यमलाई बताए।

गृह मन्त्रालयको निर्देशनानुसार शुक्रबारदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य रुपमा पूर्ण खोप लगाएको खोप कार्ड साथमा राख्नुपर्ने बताइएको छ ।

यसैबीच, कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सीमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्य रुपमा कोरोना भाइरस परीक्षण गरिँदैछ।

Tags

छुटाउनु भयो कि ?