News in Nepali

भारतको मुम्बई स्थित एक भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु २८ जना घाइते

Lumbinikhabar Online

भारतको मुम्बई स्थित एक भवनमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् ।

शनिबार बिहान मुम्बईको तारदेवमा रहेको २० तले कमला भवनको १८ औँ तलाबाट आगलागी भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

घाइतेको भाटिया अस्पतालमा उपचार भइरहेको छ । १३ दमकल तथा सातवटा पानीका जेटले आगो निभाएका छन् । आगलागीको कारण भने खुलेको छैन ।

Tags

छुटाउनु भयो कि ?