News in Nepali

स्याङ्जाको वालिङ नगरपालिका द्वारा कोभिड-१९ को परीक्षण, भोजन तथा औषधि निःशुल्क

Lumbinikhabar Online

स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड-१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ ।

वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड-१९ संक्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले संचार माध्यमलाई बताए ।

कोरोना भाइरसको दर बढ्दै जाँदा नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा ५० शय्यासहित अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य उपकरणहरू र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको जनाइएको छ ।

स्रोतका अनुसार होम आइसोलेसनमा रहेका बिरामीहरू स्वास्थ्यकर्मीको नियमितरुपमा सम्पर्कमा रहेका छन् ।

Tags

छुटाउनु भयो कि ?