News in Nepali

पूर्वप्रधानन्यायाधीश शर्माको निधनको शोकमा आइतबार देशभरका अदालतहरू बन्द गरिने

Lumbinikhabar Online

 

शनिबार सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय छ ।

शर्माको गत बुधबार दिउँसो निधन भएको थियो ।
मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । सर्वोच्च अदालतले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भनी दुख व्यक्त गरेको छ ।

काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए ।

Tags

छुटाउनु भयो कि ?