News in Nepali

माओवादी नेता वर्षमान पुन उपचार पछि सोमबार नेपाल फर्किदै

Lumbinikhabar Online

उपचारको लागि विदेशमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आउदो सोमबार नेपाल आउनुहुने भएको छ ।

चार महिना अगाडि उपचारको लागि थाइल्याण्ड जानुभएका नेता पुन स्वास्थ्यमा थप समस्या आएपछि मंसिरमा उतैबाट चीन जानुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएकाले पर्सि सोमबार राति नेपाल फर्कन लागेको जनाइएको छ ।

पुनलाई जण्डिस बिग्रिएपछि लाग्ने जटिल किसिमको रोग लागेको थियो । थाइल्याण्डमा एक महिना उपचार गराएका नेता पुनलाई उतैबाट चीनको सेनजेन लगिएको थियो ।

Tags

छुटाउनु भयो कि ?