News in Nepali

सुर्खेतको वीरेन्द्रनगरमा ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु

Lumbinikhabar Online

 

कोरोना सङ्क्रमणको दर बढ्दै गएका बेला सुर्खेतको वीरेन्द्रनगरमा ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा अभियान सुरु गरिएको छ । मुख्यमन्त्री शाहीले नागरिकहरुलाई कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउनुका साथै खोप केन्द्रहरुमा गएर खोप लगाउन पनि आग्रह गर्नुभयो ।

सुर्खेतमा पाँच सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो तीनचार दिनमा कोरोना संक्रमण दर उच्च देखिएको छ ।

कोरोना संक्रमण तीव्र फैलिरहेका बेला जनस्वास्थ्यका मापदण्ड पालना गरेको नदेखिए पछि यो अभियान सुरु गरिएको स्रोतले जनाएको छ । भोलिदेखि मास्क नलगाउनेलाई कार्बाही गरिने समेत जानकारी प्राप्त भएको छ ।

Tags

छुटाउनु भयो कि ?