News in Nepali

नेपाल क्रीकेट संघ ( क्यान) ले शनिबार २० जिल्लामा नयाँ नेतृत्व चयन गर्यो

Lumbinikhabar Online

नेपाल क्रीकेट संघ ( क्यान) ले शनिबार २० जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । क्यानको ३९ जिल्ला संघ सदस्य रहेकोले चार वर्षे कार्यकाल पूरा गरिसकेको २० जिल्लाको निर्वाचन भएको हो ।

क्यानले विधान २०५५ (तेस्रो संशोधन २०७५) अनुसार २० जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिबेशन भएको जनाएको छ । क्यानको साधारणसभा अघि चार वर्षे कार्यकाल पूरा भएका जिल्लाको निर्वाचन गरिएको हो ।

जसमा सुनसरी बाट अध्यक्षमा चेतनाथ पौडेल, सिराहा बाट सुनिल कुमार महासेठ, सर्लाही बाट माधव कर्माचार्य, रौतहट, बाट पवन साह, बारा बाट प्रभात कुमार चौरस धनुषाबाट शोभाकान्त पाण्डे , कास्की बाट सञ्जयकान्त सिग्देल ,नवलपुर, धामनाथ सापकोटा ,बर्दिया बाट विनयराज भण्डारी, बाँके बाट सरोबर प्रसाईँ, कपिलवस्तु बाट प्रकाश गैरे निर्वाचित भएका छन् ।

त्यस्तै पाल्पा बाट राजेश श्रेष्ठ, रुपन्देहीबाट हरि बहादुर थापा , नवलपरासी बाट कृष्ण प्रसाद श्रेष्ठ, सुर्खेत बाट श्रीधर के सी ,डडेलधुरा बाट हरि प्रसाद उप्रेती, अछाम बाट अनिल कुवर, कञ्चनपुर बाट वीरेन्द्र बहादुर चन्द, बैतडी बाट विनोद बहादुर चन्द, बझाङ बाट प्रविन्द्र बहादुर धामी निर्वाचित भएका छन् ।

Tags

छुटाउनु भयो कि ?