News in Nepali

नेकपा माओवादी केन्द्रमा महामारी कम नभए सम्म जन परिचालनको जिम्मेवारी प्रचण्डलाई

Lumbinikhabar Online

नेकपा (माओवादी) केन्द्रको पूर्व स्थायी कमिटी सदस्यको बैठकले बाँकी रहेका सङ्गठनात्मक काम टुङ्ग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिने निर्णय गरेको स्रोतले जनाएको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यको बैठकले कोरोना महामारी कम नभए सम्म जन परिचालनको जिम्मेवारी प्रचण्डलाई दिइएको बताइएको छ ।

तीन वटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल भएको र अब निर्वाचन आयोग, कानुनविद्सँग छलफल गरेर निस्कर्षमा पुग्ने साथै । एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको बताउनु भयो ।

 

Tags

छुटाउनु भयो कि ?