News in Nepali

काठमाण्डौ उपत्यकामा चल्ने गाडीमा आजदेखि जोर-बिजोर प्रणाली लागू , कुनकुन गाडीमा यो नियम लागू हुँदैन त ?

Lumbinikhabar Online

कोरोना संक्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा चल्ने गाडीमा आजदेखि जोर-बिजोर प्रणाली लागू भएको छ । आज जोर गते जोर नम्बर प्लेटका गाडी चल्नेछन् ।

अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका गाडीमा जोर-बिजोर प्रणाली लागू नहुने स्रोतले जनाएको छ ।
काठमाडौ उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर औषधि एवम् स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस र पेट्रोलियम पदार्थ बोकेका गाडीमा जोरबिजोर प्रणाली लागू नहुने जनाएका छन् । यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपक्षी, दाना, एवम् कृषि तथा पशुजन्य सामग्री बोक्ने गाडी,

त्यस्तै निर्माण सामग्री बोक्ने गाडीमा चालक र सहचालक मात्र हुनुपर्नेछ । परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने गाडी सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।

सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका गाडी, सरकारी र कुटनीतिक नियोगका गाडी पनि सञ्चालन गर्न पाइनेछ । तर यातायात व्यवसायीले सार्वजनिक गाडीमा जोर/बिजोर प्रणाली कोरोना सङ्क्रमण रोकथामका लागि व्यावहारिक नहुने तर्क गरेका छन् । बरु गाडी कम चले चलेका गाडीमा यात्रुहरुको धेरै भीड हुने र यसले सङ्क्रमण थप बढाउने व्यवसायीको भनाइ छ

यद्यपि, सरकारले गरेको निर्णय आफूहरुले मान्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको भनाइ छ ।

Tags

छुटाउनु भयो कि ?