टप खबर

युवाहरूलाई विदेश मात्र पठाउने की देशको बिकास पनि गर्ने ?

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

नेपाल प्राकृतिक साधनस्रोतले निकै धनी छ। प्रकृतिले यति सुन्दर देश नेपाल हिमाल–पहाड–तराई मिलेर बनेको छ। बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देशमा अनेकौं धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजाति सदियौंदेखि मिलेर बसेका छन्। त्यसैले नेपाल संसारकै सुन्दर, शान्त र समृद्धशाली राष्ट्र बन्न सक्ने प्रचुर सम्भावना छ। नेपालको विकास र समृद्धि सम्भव छ। तर, यसका लागि नेपाल चिन्न सक्ने एक दुरदर्शी नेतृत्व आवश्यक छ।

अब नेपालका लागि दूरदर्शी नेतृत्व नै अपरिहार्य बनेको छ। कुनै पनि देश ऋण र अनुदानले समृद्ध हुन सक्दैन। देशलाई समृद्धशाली बनाउन देशमा विद्यमान साधनस्रोतहरूको अधिकतम सदुपयोग गर्न आवश्यक छ। त्यसैले नेपाललाई समृद्धशाली बनाउनका लागि नेपालमा विद्यमान प्राकृतिक साधनस्रोतहरू जस्तै जल, जंगल, जमिन, जडीबुटी, डाँडाकाँडा, हिमाल र प्राकृतिक सुन्दरतालाई ठीक ढंगबाट उपयोगमा ल्याउनु पर्छ। स्वास्थ्य र शिक्षामा पर्याप्त लगानी गरेर सर्वसुलभ बनाउनुपर्छ। त्यसो भयो भने मात्र देश बनाउन सकिन्छ । कुराले मात्र देश बनाउन सकिदैन । देश बनाउन इच्छाशक्ति पनि चाहिन्छ । लामो समय सम्म देश यसरी चल्न सक्दैन ।

समय र युग अनुसार अघि बढनु पर्छ । समयले कुनै बेला कसैलाई पर्खदैन । छिमेकी देशहरु प्रगतिको मार्गमा कुदिरहेका छन । हामी भने जहाँको त्यही छौं, यसरी हुदैन । अब सोच्नु पर्छ । हाम्रो देशमा रोजगारीको अबसर छैन । त्यसैले नेपाली युवाहरु बिदेश पलायन हुन बाध्य छन । बिदेशमा गएर पसिना बगाउनु नेपाली युवाहरूको रहर होइन, बाध्यता हो। नेपाली युवाहरूले विदेशी भूमिमा धेरै पसिना बगाएका छन । बिदेशमा गएर नेपाली युवाहरूले पठाएको रेमिट्यान्सले नै देशको अर्थतन्त्र धानिएको अबस्था छ । विदेशमा नेपाली युवाले धेरै कष्टका साथ श्रम गरिरहेका छन । बिदेशमा काम गर्न त्यति सजिलो छैन । उनीहरुको पसिना बाट कमाएको पैसाले देश चलेको छ ।

हामीलाई लाज लाग्नु पर्नेमा गर्भ छौं । तर, तिनै बिदेशमा पसिना चुहाउनेहरू समस्यामा पर्दा गुहार दिने कोही छैन । सरकारले औपचारिक निभाउन बिज्ञप्ती जारी गर्ने बाहेक अरु केही गर्न सकेको छैन । सरकारले स्वदेशमै रोजगारीका अवसर दिने हो भने बिदेश जान पर्ने थिएन । सरकारले यो काममा खासै ध्यान दिन सकेको छैन । देशलाई आर्थिक रूपमा माथि उठाउन देशमै रोजगारीको अबसर सिर्जना गरिनु पर्छ । देशको बिकास र समृद्धिको आधार भनेको युवा जनशक्ति हुन । देशको भविष्य उज्यालो बनाउने भनेकै युवा हुन । युवा अघि नसरे सम्म देश बन्दैन । युवाहरूलाई विदेश मात्र पठाउने की देशको बिकास पनि गर्ने ? रेमिट्यान्सको भरमा मात्र देश कति दिन टिकाउने ? स्वदेशी उत्पादन विदेश निर्यात गर्नुपर्ने बेलामा हामी के गरिरहेका छौं ।

Tags

छुटाउनु भयो कि ?