News in Nepali

पालिकको चुनाव बारे विज्ञहरुसँग छलफल गर्ने सत्तारूढ दलहरुको निर्णय

Lumbinikhabar Online

सत्तारूढ दलहरुको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले पालिकाको चुनावबारेमा छलफल गर्ने निर्णय गरेको छ ।

शुक्रबार साझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले २०७४ सालमा तीन चरणमा पालिकाको चुनाव भएकाले कुन मितिदेखि प्रतिनिधिहरूको पदावधि सुरु भएको मान्ने भन्नेबारे विज्ञहरुसँग छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

२०७४ सालको वैशाख ३१ गते पहिलो, असार १४ गते दोस्रो र असोज २ गते तेस्रो चरणमा चुनाव भएको थियो ।

त्यस्तै बैठकमा पालिकाको चुनाव अघि नै प्रदेश र प्रतिनिधि सभाको चुनाव नगर्ने तर तीन वटै तहको एकै पटक गर्ने बारेमा पालिकाका पदाधिकारीको पदावधिबारेमा कानुनविद्हरुसँग छलफल गरेपछि निर्णय लिने सहमति भएको जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?