News in Nepali

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ५६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Lumbinikhabar Online

छिमेकी मुलुक भारत संग सिमाना जोडिएको सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप ५६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार दुई हजार दुई सय २५ जनाको नमूना परीक्षण गर्दा ५६५ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार कोरोना पुष्टि भएका मध्ये १६८ जना छिमेकी मुलुक भारतबाट फर्किएका छन् भने अन्य सबै विभिन्न जिल्लाका स्थानीय संक्रमित हुन् ।

आज थपिएका समेत गरेर सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ हजार ११४ जना पुगेको छ। प्रदेशमा कोरोना संक्रमणबाट अहिलेसम्म ६१६ जनाको मृत्यु भएको छ ।

 

Tags

छुटाउनु भयो कि ?