News in Nepali

अमेरिकाबाट बेलायत जाँदै गरेको विमानमा एक यात्रुले मास्क लगाउन नमानेपछि उडानकाे बीचबाटै फर्काइयो

Lumbinikhabar Online

अमेरिकाबाट एक सय २९ जना यात्रु बोकि बेलायतको लागि उडेको एउटा विमानमा एक जना यात्रुले मास्क लगाउन नमानेपछि उडानकाे बीचबाटै फर्किएको छ ।

बोइङ ७७७ जहाजमा परिचारिकाले मास्क लगाउन पटक पटक आग्रह गर्दा पनि एक जना यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्य आकासबाटै जहाज फर्काउनुपरेको एअरलाइन्सले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

विमान फर्किएर उडान भरेकै विमानस्थलमा अवतरण गरेपछि मास्क लगाउन अस्वीकार गर्ने यात्रुलाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकी एयर्लाइन्सले मास्क लगाउन नमान्ने यात्रुलाई आउँदा दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने बताएको छ । अमेरिकामा उडानहरुमा कोभिड नियम पालनालाई अत्यन्त्यै कडाई गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?