News in Nepali

कोरोनाको तेस्रो लहर सुरु भएपछि अहिलेसम्म ६ सय ७१ जना प्रहरी सङक्रमित

Lumbinikhabar Online

कोरोनाको तेस्रो लहर सुरु भएपछि अहिलेसम्म ६ सय ७१ जना प्रहरी सङक्रमित भएका नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सङ्क्रमित उनीहरुको स्वास्थ्य अवस्था जटिल नरहेको समेत जनाइएको छ । सङ्क्रमित हुने प्रहरीको संख्या थपिँदै गए पनि नेपाल प्रहरीको काम प्रभावित हुने अवस्था नरहेको जनाइएको छ ।

दैनिक शान्ति सुरक्षा तथा अन्य गतिविधिमा कुनै जटिलता नरहेको र फ्रन्ट लाइनमा खटिने प्रहरीका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको स्रोतले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?