News in Nepali

गुणस्तरहीन मह बनाएर शुद्ध मह भन्दै बेच्ने एकजना पक्राउ

Lumbinikhabar Online

गुणस्तरहीन मह बनाएर शुद्ध मह भन्दै बेच्ने सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई हाल काठमाडौंको ज्याठा बस्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

उनको साथबाट मह बनाउन प्रयोग गरिने सामग्री, मेसिन, केमिकलसहित ६०० केजी गुणस्तरहीन मह बरामद गरेको प्रहरीले जनाएको छ । उनले विगत सात वर्ष अगाडिदेखि श्रीमती रस्मिलाको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी ‘स्पर्स हनी’ ब्राण्डमा गुणस्तरहीन मह बेच्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

स्पर्स हनी भन्ने ब्राण्ड दर्तासमेत छैन । सो मह खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलमा परीक्षण गर्दा खानयोग्य नरहेको पाइएको प्रहरीले जनाएको छ । गुणस्तरहीन मह बनाएर काठमाडौं, भक्तपुर र पोखराका होटल तथा रेष्टुरेन्टहरुमा ६५० रुपैयाँ प्रतिकिलोमा बेच्ने गरेको पाइएको छ ।

मह बनाउन उनले ३० प्रतिशत गुल्कोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

 

 

Tags

छुटाउनु भयो कि ?