News in Nepali

निर्वाचन आयोग द्वारा तीन राजनीतिक दलको दर्ता खारेजी

Lumbinikhabar Online

निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाएपछि तोकिएको जरिवाना आयोगमा नबुझाएका कारण तीन राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषदको दर्ता खारेज गरेको आयोगले जनाएको छ ।

लेखापरीक्षण प्रतिवेदन नबुझाएपछि गत साउन २० गते सार्वजनिक सूचना गरेर आयोगले ३० दिन भित्र २० हजार रुपैयाँ जरिवाना बुझाउन भनेको थियो । जरिवाना पनि नबुझाएपछि दल दर्ता खारेज गरिएको आयोगले जनाएको छ ।

नेपाल युवा किसान पार्टी २०७३ मंसिर ३० गते, ३३ दलीय मोर्चा २०७४ असार २८ गते र नेपाल शान्ति क्षेत्र परिषद २०७४ असार ३० गते आयोगमा दर्ता भएका थिए ।

Tags

छुटाउनु भयो कि ?