News in Nepali

महामारीका बेला भौतिक रुपमा कक्षा संचालन गर्ने विद्यालयलाई कार्वाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतावनी

Lumbinikhabar Online

काेराेना महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै काठमाण्डाैँ महानगरपालिकाले कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् ।

कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गएकाे पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्थितिमा सञ्चालन नगरि वैकल्पिक माध्यमबाट सञ्चालन गर्न निर्देशन दिएको थियो ।

सरकारले दिएको निर्देशनको बेवास्ता गरी महानगरपालिकाका वडा नं १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेका बताइएको छ । कामपा–१५ मा सञ्चालित फ्युचरस्टार बोर्डिङ स्कुलले बिहान र दिउँसो दुई समूहमा पठनपाठन गरिरहेको छ । त्यस्तै कामपाकै घना बस्ती रहेका अन्य केही वडामा पनि विद्यालय सञ्चालन भइरहेका जनाइएको छ ।

अहिले पनि सबै विद्यार्थीमा खोपको पहुँच पुगि नसकेको बाह्र वर्ष उमेर पुगेका विद्यार्थीले खोप लगाए पनि अझै धेरैले खोप लगाउन रहेका र महामारी बढिरहेको समयमा विद्यालय खोल्नु घातक भएको भन्दै
तत्काल रोक्न र नमाने कडा कारबाही हुने चेतावनी दिएको छ ।

Tags

छुटाउनु भयो कि ?