News in Nepali

साउथ मोभी `द घोस्ट’बाट अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई निकालियो

Lumbinikhabar Online

साउथ मोभी ` द घोस्ट’बाट अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई निकालिएको छ । दुई सय करोड भारुको ‘मनी लाउण्ड्रिङ’ मुद्दामा नाम मुछिएपछि उनलाई निकालिएको हो ।

विवादित हुनु र प्रेमी चन्द्रशेखरसँगको अन्तरंग तस्वीर बाहिरिएपछि ज्याकलिनलाई अन्य चलचित्रबाट समेत अफर आउन छाडेको थियो । `द घोस्ट’मा ज्याकलिनको साथमा साउथ स्टार नागार्जुन मुख्य भूमिकामा रहने बताइएको थियो । तर, अब उनको ठाउँमा सोनल चौहानलाई भित्र्याइएको छ ।

Tags

छुटाउनु भयो कि ?