News in Nepali

टियू र पियू द्वारा संचालन भइरहेका परिक्षाहरु नरोकिने यता केयूमा भने कोभिडको कारण परीक्षा स्थगित

Lumbinikhabar Online

त्रिभुवन विश्वविद्यालय तथा पूर्वान्चल विश्वविद्यालयले संचालन भइरहेका परिक्षाहरु नरोक्ने भएका छन् । उनीहरुले स्नातक तहको वार्षिक परीक्षा अहिले सञ्चालन गरिरहेका छन् ।

संक्रमण बढ्दा पनि भौतिक उपस्थितिमा परीक्षा दिनैपर्ने बाध्यता सिर्जना गरिएको र मापदण्ड पालना नगरिएको गुनासो विद्यार्थीहरुले गरिरहेका छन् । तर टीयू, पीयू र शिक्षा मन्त्रालय पनि परीक्षा नरोक्ने पक्षमा छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले परीक्षा नरोक्दा धेरै विद्यार्थीको हित हुने भएकाले परीक्षा नरोक्ने निर्णय गरेको जनाएको छ ।

त्रिविले परीक्षा केन्द्रहरुलाई सामान्य संक्रमितलाई छुट्टै आइसोलेसन कक्षको व्यवस्था गर्न निर्देशन दिएको छ । गम्भीर संक्रमितलाई भने केही पछि परीक्षा दिन पाउने गरी व्यवस्था गर्ने तयारी भइरहेको जनाइएको छ ।

तर यता काठमाडौं विश्वविद्यालयले कोभिडको कारण परीक्षा स्थगित गरेको जनाएको छ । माघ दुई गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको हो
विश्वविद्यालयले लिने कुनै पनि परीक्षामा विद्यार्थी संक्रमित भएको प्रमाणपत्र पेस गरे सेमेस्टर अथवा वर्ष नगुम्ने गरी तत्काल परीक्षाको व्यवस्था गर्ने निर्णय समेत गरेको जानकारी प्राप्त भएको छ ।

Tags

छुटाउनु भयो कि ?