News in Nepali

सरकार द्वारा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत श्रमिकको ज्यालादरको ८० प्रतिशतसम्म दिने व्यवस्था

Lumbinikhabar Online

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ संसोधन गरी श्रमिककि ज्याला बढाएको छ ।

मासिक १३ हजार चार सय ५० रुपैयाँ न्यूनतम ज्याला दिदै आएकोमा गत साउनदेखि सरकारले मासिक ज्याला १५ हजार रुपैयाँ पुर्‍याएको थियो । अब भने सरकारले यो कार्यक्रमअन्तर्गत आयोजनामा खट्ने व्यक्तिलाई न्यूनतम ५ सय ७७ रुपैयाँ वा सम्बन्धीत स्थानीय तहले निर्धारण गरेको ज्यालादरको ८० प्रतिशतसम्म दिने व्यवस्था गरिएको हो।
त्यस्तै, सरकारले श्रमिकहरूलाई दुर्घटना बिमाको व्यवस्था गर्ने भएको छ। ५ लाखसम्मको दुर्घटना बिमा गरिने भएको हो।

उक्त कार्यक्रमका लागि हालसम्म ७ लाख ८ हजार ४२ बेरोजगार सूचीकृत भएका छन्। जसमध्ये, तीन लाख ७० हजार एक सय ९१ पुरुष, तीन लाख ३७ हजार पाँच सय ५६ महिला र एक सय ३९ अन्य छन्।

 

Tags

छुटाउनु भयो कि ?