टप खबर

प्रसिद्ध गीतकार लोकराज अधिकारीको नयाँ गीत “बालै भएन ” सार्बजनिक(भिडियो)

Lumbinikhabar Online

प्रसिद्ध गीतकार लोकराज अधिकारीको नयाँ गीत “बालै भएन ” सार्बजनिक भएको छ । नेपाली सुगम र संगीत नेपाली चलचित्रका गीतमा ख्याती कमाएका गीतकार अधिकारीले बेला बेला जनबोलीका रमाइला प्रसङ्ग समेटी तयार गरेका गीत सार्बजनिक गर्दै आएका छन । त्यसैको पछिल्लो निरंतरता हो बालै भएन । केके अप्टेक युटुब बाट सार्बजनिक भएको उक्त गीतको भिडियोमा चर्चित मोडल दुर्गेश थापा सङ्ग अघिकारीले पहिलो पल्ट सहकार्य गरेका हुन । गीतको अडियो तर्फ संगीतकार दिपकराज बिश्वकर्मा र गायक कर्मा ग्याल्छेन बम्जन सङ्ग पनि गीतकार अधिकारीको पहिलो सहकार्य हो ।

गीतमा समिक्षा अधिकारीको महिला स्वर समाबेश छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी छ भने अजय रेग्मीको टिमले भिडियो खिचेको हो । मिलन बिश्वकर्माले सम्पादन गरेको भिडियो मा चादनी स्लिया ले ठुम्का हानेकी छन । एउटा फोटो खिच बाट चर्चामा रहेकी मोडल चादनी सङ्ग पनि गीतकार अधिकारीको पहिलो सहकार्य हो । केके अप्टेक सङ्गको दोश्रो सहकार्य रहेको इजियो प्रोडक्सनको प्रस्तुतिमा तयार भएको भिडियोले अपेक्षित दर्शक किन पाएको छैन अझै भन्ने प्रश्न मा गीतकार अधिकारीले हास्दै भने” भ्युज किन्न म सङ्ग पैसो छैन प्रचार प्रसार बिस्तारै हुदैछ हेर्नेले मन पराउनु भाको छ जति भ्युज पाउछु त्यो मुटुको माया हो अरु कुरा बालै भएन । ” गीतकार अधिकारी गीत बिस्तारै दर्शक स्रोताले मन पराउनेमा आशाबादी छन ।

Tags

छुटाउनु भयो कि ?