टप खबर

मोडल अनुप अधिकारी अभिनित ‘पानी खोलीको’ को भिडियो सार्वजनिक(भिडियो)

Lumbinikhabar Online

मोडल अनुप अधिकारी अभिनित पानी खोलीको को म्यूजिक भिडियो सार्वजनिक भएको छ । पोखरामा रहेर ६ वर्ष भन्दा लामो समयदेखि मोडलिङ्गमा सक्रिय मोडल अनुपले गायक तथा संगीतकार योगेशकाजी शाहको स्वर तथा संगीतमा रहेको उक्त गीतको भिडियोमा एक नेगेटिभ क्यारेक्टरमा उत्कृष्ट भूमिका निर्वाह गरेका छन । उनको साथमा गायक योगेशकाजी तथा मोडल सोना घिमिरेको अभिनय रहेको छ ।
राजधानीमा एक समारोहका वीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको थियो । वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कादम्बिनी गुरुङ्ग, गायक योगेश काजी, मोडल अनुप अधिकारी, सोना घिमिरे लगायत भिडियोका निर्माण टिमको उपस्थिती रहेको थियो । तेजश रेग्मिको शव्द रहेको गीत एरेन्ज, संगित योगेश काजीकै रहेको छ ।

एक माझीको प्रेम कथामा आधारित बनाएर निर्माण भएको भिडियोमा माझीको रुपमा योगेशकाजीलाई देख्न सकिन्छ । अजय रेग्मिको छायांकन रहेको भिडियोलाई निराजन केसीले सम्पादन र क्रान्ती केसीले निर्देशन गरेका छन ।

धेरै उत्साह र उमङ्ग का साथ बजार मा ल्याउने बित्तिकै अडियो कपिराइट लागे पछि सम्पूर्ण भिडियो युनीट निराश बनेका छन ।
भिडियो निर्देशनमा समेत निरन्तर लागि पर्दै आएका अनुप हालै दुवईमा ग्लोबल ईन्टरनेशनल अवार्डमा दुवईका राजदरबारका सचिवको हातबाट उत्कृष्ट मोडलको अन्तराष्ट्रिय अवार्डबाट समेत सम्मानित भएका थिए । करीब आधा दर्जन बढि भिडियोमा मोडलिङ्ग गरिसकेका अनुप पोखरामा सफल युवा व्यबसायीको रुपमा समेत परिचित छन ।

Tags

छुटाउनु भयो कि ?