News in Nepali

माघ १५ गतेसम्मलाई मनोरञ्जन क्षेत्र बन्द गर्ने सरकारको निर्णय

Lumbinikhabar Online

नेपालमा कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दैसरकारले माघ १५ गतेसम्मलाई मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

कुनै कार्यक्रमहरु सञ्चालन गर्न परेमा भर्चुअल माध्यमबाट गर्ने र भौतिक रुपमै उपस्थित भएर गर्नुपरेमा एण्टिजेन परीक्षण गरि मात्र गर्ने निर्णय भएको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?