News in Nepali

भारतमा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु ३६ जना घाइते

Lumbinikhabar Online

भारतमा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । पश्चिम बंगालको जलपाइगुडी जिल्लामा बिहीबार साँझ दुर्घटना दुर्घटना भएको हो ।

घाइतेहरुको बिभिन्न अस्पतालहरुमा उपचार जारी छ । अन्य यात्रुहरुलाई अर्को रेलको व्यवस्था गरी गुवाहटी पठाइएको छ । रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । घटनाको उच्चस्तरीय जाँच सुरु गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

 

Tags

छुटाउनु भयो कि ?