News in Nepali

कोरोनाको पहिलो र दोस्रो संक्रमणका वेला अनियमितता गरेको भन्दै छानवीन गर्न समिति गठन

Lumbinikhabar Online

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कोरोनाको पहिलो र दोस्रो संक्रमणका वेला विदेशमा फसेका नागरिक उद्धारका क्रममा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको उडानसमेत समितिले नेपाल एयरलाइन्सको उडान कटौती गरेर निजी एयरलाइन्स हिमालयलाई जिम्मा दिनुको कारण र टिकट बिक्री गर्ने ट्राभल एजेन्सीले यात्रुहरूलाई ठगी गरेको विषयमा सत्यतथ्य छानविन गर्न । तीन सदस्यीय छानवीन समिति गठन गरेका छन् ।

मन्त्री प्रेम आलेले मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । मन्त्रालयकै उपसचिव टेकनारायण पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर सदस्य रहेको तीन सदस्यीय समितिलाई १० दिनभित्र छानविन गरेर प्रतिवेदन बुझाउन निर्देशन भएको छ ।

महामारीका बेला निजी कम्पनीका जहाजलाई उडानमा सघाएको विषयमा छानविन गर्न समिति गठन गरिएको हो । त्यतिबेला नेपाल एयरलाइन्सले ५६ वटा चार्टर्ड उडान गरेकोमा हिमालय एयरलाइन्सले २३९ उडान भरेको थियो ।

 

Tags

छुटाउनु भयो कि ?