News in Nepali

अतिरिक्त शुल्क चर्को लिएको भन्दै नाेबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माकाे पुत्ला दहन

Lumbinikhabar Online

एमिबिएसकाे अतिरिक्त शुल्क चर्को लिएको भनी आन्दोलन गर्दै आइरहेका विद्यार्थीहरुले नाेबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माकाे पुत्ला दहन गरेका छन् ।

विद्यार्थीकाे माग सम्बाेधन गर्न चासाे नदिएपछि पुत्लालाई चितामा राखेर दहन गरेकाे विद्यार्थीहरुको भनाइ छ ।

केही समय अघि कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको थियो । शुल्क नुबझाउने विद्यार्थीलाई कक्षा कोठाबाट निकालिएका थिए भने गेटबाटै रोक्ने कामसमेत गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?