News in Nepali

वन्यजन्तुको आक्रमणबाट हुने नोक्सानीको क्षतिपूर्तिबापत वितरण गरिएको रकम सार्वजनिक

Lumbinikhabar Online

लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आक्रमणबाट हुने नोक्सानीको क्षतिपूर्तिबापत प्रदान गरिने राहत बापत स्थानीय बासिन्दालाई प्रदान गरेको रकम सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको साउनदेखि हालसम्म कूल रु ४८ लाख १६ हजार ६५५ राहत प्रदान गरिएको छ । राहतमध्ये भालुको आक्रमणबाट मानव उपचार खर्चमा रु सात लाख ९६ हजार ६५५, अन्नबाली क्षतितर्फ रु ३४ लाख २२ हजार एवं पाल्तु चौपाया नोक्सानतर्फको रु पाँच लाख ९८ हजार प्रदान गरिएको जनाइएको छ ।

१५ वर्षको अवधिमा जङ्गली भालु तथा बँदेलले एक हजार एक सय ७६ किसानको अन्नबाली नोक्सान पारेको र चितुवाको आक्रमणबाट ६० भन्दा बढी चौपाया मरेको बताइएको छ । मानव तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न वन जङ्गल र आवादी जमिनको सिमानामा तारबार लगाउने काम सुरू गरिएको छ ।

स्रोतका अनुसार रु ७५ लाख बराबरको कार्य योजनाअन्तर्गत रसुवाको राम्चे तथा यार्सा एवं नुवाकोटको तादी गाउँपालिका–२ चिलाउने गाउँ क्षेत्रमा तारबार लगाउने काम सुरू गरिएको हो ।

Tags

छुटाउनु भयो कि ?