News in Nepali

अल्लु अर्जुन अभिनित चलचित्र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी रिमेक ‘शहजादा’ बन्दै

Lumbinikhabar Online

साउथका इन्डियन फिल्मका सुपरस्टार अल्लु अर्जुन ज नाम ‘शहजादा’ राखिएको छ । यो चलचित्रमा अभिनेता कार्तिक आर्यन र अभिनेत्री कृति सेननले अभिनय गर्ने छन् ।

उक्त चलचित्रको प्रदर्शन मिति आगामी नोभेम्बरलाई तोकिएको छ । चलचित्र ‘अला बैकुण्ठपुरमलो’को हिन्दी डबको अधिकार मनिष शाहले लिएका छन् । यसका लागि उनले चार करोड रुपैयाँ तिरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

त्यस्तै चलचित्रको हिन्दी डबको डिजिटल प्रसारण रोक्नका लागि ‘शहजादा’ टिमले ८ करोड रुपैयाँ मनिषलाई तिरेको छ । अब यो चलचित्र ‘शहजादा’ रिलिज भएको १६ हप्तापछि मात्र युट्युबमा प्रसारण हुनेछ ।

Tags

छुटाउनु भयो कि ?