News in Nepali

नोकिया कम्पनीले पाँचवटा नयाँ मोडलको मोबाइल फोन छिट्टै सार्वजनिक गर्दै

Lumbinikhabar Online

अब नोकिया कम्पनीले पाँचवटा नयाँ मोडलको मोबाइल फोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले अमेरिकामा भएको सिइएस २०२२ (कन्ज्युमर इलेक्ट्रोनिक्स सो)मा उक्त घोषणा गरेको हो।

नोकियाले आफ्नो बजेट मोडल अर्थात् कम मूल्यका फोनहरू सार्वजनिक गर्ने घोषणा गरेको अमेरिकी वेबसाइट सिनेटले जनाएको छ। उक्त वेबसाइटका अनुसार यी मोडलहरू २५० अमेरिकी डलर अर्थात् ३० हजार रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध हुनेछ।

कम्पनीले छिट्टै नोकिया जी-४०० सार्वजनिक गर्ने बताएको छ, जसको मूल्य २३९ अमेरिकी डलर अर्थात् २८ हजार रुपैयाँ हुने अनुमान छ। यो फोनले ५-जी सपोर्ट गर्नेछ। त्यस्तै, सार्वजनिक हुने फोनमध्ये ४-जी सपोर्ट गर्ने जी-१०० पर्ने बताएको छ। यसको मूल्य १४९ अमेरिकी डलर पर्ने अनुमान छ।

त्यस्तै, सिनेटका अनुसार कम्पनीले नोकिया सी-२००, सी-१०० र रेट्रो नोकिया २७६० फ्लिप पनि त्यसको लगत्तै सार्वजनिक गर्नेछ।

Tags

छुटाउनु भयो कि ?