News in Nepali

नेपाली कलाकार विपिन कार्की हिन्दी चलचित्रमा काम गर्दै

Lumbinikhabar Online

नेपाली कलाकार विपिन कार्की हिन्दी चलचित्रमा काम गर्ने भएका छन् । चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् ।

चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् । उक्त चलचित्रका लागि कार्कीलाई निर्माण टिमले अगष्टमा मुम्बई बोलाएको पनि बताइएको छ।

चलचित्र ‘सेल्फी किङ्ग’मा बिपिनले गरेको अभिनय हेरेपछि यसको निर्माणपक्षले उनलाई सिधै फोन गरेर चलचित्रको लागि बोलाएको हो । विपिनका अनुसार चलचित्रमा उनले अभिनेता अनिल कपूरसँग धेरै दृश्य शेयर गर्नेछन् ।

 

Tags

छुटाउनु भयो कि ?