News in Nepali

उत्तर कोरियाले गर्यो फेरि नयाँ क्षेप्यास्त्रको परीक्षण

Lumbinikhabar Online

उत्तर कोरियाले मंगलबार अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । प्रहार गरेको क्षेप्यास्त्र हाइपरोनिक भएको उत्तर कोरियाले पुष्टि गरेको हो । सो प्रहार एक हजार किलोमिटर टाढाको निसानामा पुगेको थियो । हाइपरसोनिक हतियारको गति आवाजभन्दा पाँच गुणा चाँडो हुन्छ ।

नेता किम जोङ उनले प्योङयाङको प्रतिरक्षा तीव्र बढाउने प्रतिबद्धता जनाएका लगत्तै परिक्षण पुष्टि गरेको हो । प्योङयाङले यसअघि पनि ५ जनवरीमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

यता उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उ माथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ ।

Tags

छुटाउनु भयो कि ?