News in Nepali

पर्यटन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा यात्रु सबै सकुशल

Lumbinikhabar Online

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ ।

महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी मेन रोड क्रस गर्दै गर्दा कैलालीको गेटामा दुर्घटनामा परेको हो।

मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडिलाइ बा ४ च १३७७ नम्बरको गाडिले ठक्कर दिएको जिल्ला प्रहरी जनाएको छ । गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका छन्। गाडीमा सवार सबै सकुशल रहेको प्रहरीले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?