News in Nepali

२ हजार १५४ जना डाक्टरले दिएको लाइसेन्स परिक्षामा एक हजार ४८ जना मात्र उत्तीर्ण

Lumbinikhabar Online

नेपाल मेडिकल काउन्सिलले चिकित्सकको नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक गर्दा एक हजार ४८ जना उत्तीर्ण भएका छन् ।

काउन्सिलले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन् ।

पुस २२ देखि २५ गतेसम्म एमबीबीएस र बीडीएस गरी २ हजार १५४ जनाले लाइसेन्स परीक्षा दिएकामा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका छन् भने १ हजार १०६ जना अनुत्तीर्ण भएका छन्

काउन्सिलका अनुसार बीडीएसतर्फ १७७ जना (४०.९७ प्रतिशत) र एमबीबीएसतर्फ ८७१ जना (५०.५८ प्रतिशत) उत्तीर्ण भएका छन्।

Tags

छुटाउनु भयो कि ?