News in Nepali

टाइगर कपको भलिबल प्रतियोगितामा घरेलु टिमको नेतृत्व गर्दै अरुणा शाही खेल्ने

Lumbinikhabar Online

दोस्रो संस्करणको टाइगर कप पुरूष तथा महिला आमन्त्रण भलिबल प्रतियोगितामा राष्ट्रिय महिला टिमकी कप्तान अरुणा शाही खेल्ने भएकी छन् ।

मंगलबारदेखि सुरु हुने प्रतियोगितामा यसपटक महिला र पुरुष दुवैमा एक एक टिम थप गरिएको छ । जसमध्ये अरुणाले गण्डकी टिमको कप्तानी गर्नेछिन् । गतवर्ष भएको पहिलो पहिलो संस्करणमा स्थानिय टिम नहुँदा अरुणाले अरु नै टिमबाट खेल्नुपरेको थियो । खेल टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुदैछ ।

प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले नगद ३-३ लाख तथा उपविजेताले समान १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।तेस्रो हुनेले ७५ हजार तथा सान्त्वना हुने टिमले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको टिकट दर भने २ सय र ३ सय रुपैयाँ तोकिएको छ ।

Tags

छुटाउनु भयो कि ?